पोखराको विभिन्न स्थानबाट ५ जना लागूऔषधसहित प्रकाउ
पाेखरा | पुस १, २०८०
पोखरा: पोखराको विभिन्न स्थानबाट प्रहरीले ५ जनालाई लागूऔषधसहित प्रकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको प्रहरीको टोलीले आज पोखराको विभिन्न स्थानबाट लागूऔषधसहित ५ जनालाई प्रकाउ गरेको हो ।

प्रहरीले चितवनको रत्ननगर–९ स्थायी घर भएर पोखरा महानगरपालिका–६ जरेबर बस्ने २७ वर्षीय सन्दिप श्रेष्ठको कोठाबाट १ किलो लागूऔषध गाँजाको धुलो जस्तो देखिने (पोल्यान) र पोखरा १७ ड्यामसाईड बस्ने २१ वर्षीय बिजन सापकोटाको साथबाट ८० मिलिग्राम ब्राउन सुगर जस्तै देखिने पदार्थ सहित प्रकाउ गरेको हो ।

यस्तै पोखरा रंगशाला गेट अगाडी रहेको खाजा घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी गर्दा खाजा घरका सञ्चालक ४९ वर्षीय देवीमाया गुरुङलाई लुकाईछिपाई राखेको १ किलो २ सय ८० ग्राम लागूऔषध गाँजाजस्तो देखिने पदार्थ र ८७ हजार ४ सय ३५ रुपैयाँसहित प्रहरीले प्रकाउ गरेको हो ।
प्रहरीले पोखरा महानगरपालिका–३० पावरहाउसमा सवारी चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा सवार पोखरा–८ बगालेटोल बस्ने २३ वर्षीय राजन कुँवर र पोखरा–९ न्यूरोड बस्ने ३३ वर्षीय बिष्णु कुँवरको साथबाट डाईजापाम ४० एम्पुल, फेनारगन ४० एम्पुल र नुर्फिन ४० एम्पुल गरेर १२० एम्पुल लागूऔषधसहित नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
लागूऔषधसहित प्रकाउ परेका पाँचै जनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

